सबै वडामा घरेलु औजार उद्योग - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

सबै वडामा घरेलु औजार उद्योग

साइनो समाचारदाता
पर्वत । पर्वतको फलेवास नगरपालिकाका सबै वडामा घरेलु औजार उद्योग स्थापना गरिने भएको छ । ग्रामीण क्षेत्रमा आवश्यक घरलु उपयोगका औजार निर्माण गर्ने र विपन्न नागरिकको आयआर्जनमा सघाउ पु¥याउने उद्देश्यले फलेवासका ११ वटै वडामा औजार उद्योग स्थापना गर्न थालिएको हो ।

गत आर्थिक वर्षदेखि बजेट विनियोजन गरेर उद्योग स्थापना गर्ने अभियान थालिएको छ । यस वर्ष तीन वटा वडामा उद्योग स्थापना हुने छन् भने बाँकी चालु आर्थिक वर्षको अन्त्यतिरदेखि निरन्तर स्थापना गरिँदै लैजाने फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष वडा नं ८ ठानामौला, वडा नं १ कार्किनेटा र वडा नं ४ चुरीमा उद्योग स्थापना शुरु गरिएको छ । प्रत्येक उद्योगका लागि आवश्यक सामग्री नगरपालिकाले सहयोग गर्ने नगरप्रमुख शर्माले जानकारी दिनुभयो ।

घरेलु औजार उद्योगमा ग्रामीण क्षेत्रमा आवश्यक पर्ने हसिया, बाउसा, कोदाली, बन्चरो, आरा, करौती, खुकरी, फलामका विभिन्न भाँडाकुडा, हलो, तथा तामाका भाँडाकुडा निर्माण हुने छन् । जसले आयातीत वस्तुलाई विस्थापन गरी विपन्न नागरिकको आयआर्जनमा सुधार हुने विश्वास लिइएको नगरप्रमुख शर्माले जानकारी दिनुभयो ।

फलेवास नगरपालिकामा १०९ आरन व्यावसाय रहेका छन् । तीनहरुलाई गत वर्षदेखिनै आरन सुधार अभियानअन्तर्गत आधुनिक सामग्री नगरपालिकाले वितरण गरिसकेको छ । नगरपालिकाले रु ३६ लाख विनियोजन गरेर परम्परागत घरेलु औजार उद्योगलाई प्रवद्र्धनको काम अघि बढाएको नगरप्रमुख शर्माले बताउनुभयो । विपन्न नागरिकले निर्वाहमुखीरुपमा सञ्चालन गर्दै आएको आरन पेशालाई आधुनिकीकरण गर्दै नगरपालिकाभित्र चाहिने फलाम र तामाका सामान उत्पादन गर्ने अभियान प्रभावकारी हुने नगर उपप्रमुख मन्जु अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नं ८ ठानामौलाको नमूना एकीकृत बस्तिवाट उद्योग स्थापनाको अभियान थालिएको हो ।

अभियान थालनी गर्दै नगरप्रमुख शर्माले हरेक ठाउँको विकासको लागि सोही ठाउँका निश्चित वर्गले नेतृत्व लिनुपर्नेमा जोड दिँदै असङ्ठित वर्गका श्रमिकको जीवनस्तर उकास्नको लागि नगरपालिकाले नयाँ र नमूना कार्यक्रम अघि सारेको जानकारी दिनुभयो । दलित समुदाय रहेका बस्तीलाई लक्षित गरी यो कार्यक्रम अघि सारिएको हो । यो कार्यक्रमका लागि आगामी वर्षदेखि निरन्तर वजेट विनियोजन गरेर उद्योग थप गर्दै लैजाने फलेवासका प्रमुख प्रशासकीय अधिकृत मुक्तिाम रिजालले बतााउनुभयो ।

 

रासस

सम्बन्धित खवर