बिबाहका लागि लगेको बासमती चामलको बोराभित्र मुसा भेटियो - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, मङि्सर ०७, २०८३

बिबाहका लागि लगेको बासमती चामलको बोराभित्र मुसा भेटियो

साइनो समाचारदाता
पथरी । मोरङको पथरी शनिश्चरे १ स्थित यलम्बर चोकमा रहेको एक पसलबाट विक्री भएको बासमती चामलमा मरेको मुसा र औषधि मिसिएको अवस्था फेला परेको छ ।

पथरी शनिश्चरे २ छयालिसविघेस्थित हस्तबहादुर जैराई दर्जीका छोरा श्यामको आजको विवाहका लागि अटल किराना पसलबाट लगिएको चामलका ४ वटा बोरामा त्यसप्रकारको अखाद्य बस्तु फेला परेको हो । जय हिन्द राइस ट्रेडर्स अलिपुर दिल्ली भारतबाट उत्पादित र प्याकिङ गरिएको फर टु फर बास्मति राइस नामक बास्मति चामलको २५ किलोग्रामका दरका ४ बोरा चामलमा त्यस्तो समस्या देखिएको थियो । ४ बोरामा प्रति पोका १,१ वटा औपाधि जस्तो देखिने झुम्रोमा रहेको बस्तु र त्यसमध्येको एउटा बोरामा मरेको मुसा फेला परेको थियो ।

प्याकिङ गरिएको २४ महिनासम्म प्रयोग हुन उचित हुने समेत लेखिएको बोरा सन् २०१८ मा प्याकिङ गरिएको देख्न सकिन्छ । यस अनुसार ३ वर्ष अघिको प्याकिङ भएको बुझिन्छ । यसका साथै बोराको माथिल्लो भागमा रहने दोहोरो धागोको प्याकिङ खोलेर त्यसको केही मुनी एकसरो धागोले सिलाएको बोरा देखिएपछि थप आशंका पैदा भएको छ । नगर प्रवक्ता एवम् वडा नम्बर २ का अध्यक्ष यामप्रसाद गुरागाईले र वडा सदस्य अग्नीप्रसाद गुरुङ सहितको टोलीले चामलमा अखाद्य अवस्था फेला परेको जानकारी पाएपछि आज विहानै त्यहाँ पुगी अनुगमन् गरेको थियो ।

सो अवस्थाका बारेमा पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेतलाई जानकारी गराई संघले आवश्यक छानविन गर्नका लागि अखाद्य अवस्थाका चामलका ती बोरा समेत बुझाइएको छ । चामल विक्रेता पक्षले भनें कम्पनीबाटै प्याकिङ गरेर आएकाले त्यसबारे आफुलाई केही थाहा नभएको बताएको छ । आफुले कम्पनीसँग सम्पर्क गर्दा घुन लाग्न नदिन औषधि राखिएको तर मुसाका सम्बन्धमा थाहा नभएको जवाफ आएको संघका अध्यक्ष बस्नेतले जनाउनु भयो । सो सम्वन्धमा आवश्यक छानविन गरिने उहाँले बताउनु भयो ।

सम्बन्धित खवर