साइनो समाचारदाता
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठको नैतिकतामा पूर्णविराम लाग्नेगरी एउटा करोडौँको वार्तालाप गरेको भिडियो बाहिरिएको छ। श्रेष्ठकै कारण कसैको जीवन वर्वाद भएको विषय समेतसँगै बाहिरिएको छ ।
कोरोना संक्रमणबाट बुधबार मृत्यु भएका नेकपाका नेता कमानसिंह लमाको मृत्युमा समेत नारायणकाजीको सलंग्ता खोज्दै समाजिक सञ्जालमा हजारौँले प्रश्न गरेका छन । लामाको परिवारले उनको मृत्युमा कोरोना भन्दा पनि नारायणकाजीले ब्यवहार विगरिदिएको कारण बढी रहेको भन्दै विगतमा रेकर्ड गरेको गोप्य भिडियो सनराइज खबरमार्फत सार्वजनिक गराएको छ ।
कमानसिंहलाइ आर्थिक रुपमा जर्जर बनाउन नारायणकाजीले भूमिका खेलेको र त्यसैको जगमा कोरोना संक्रमति समेत रहेको अवस्थामा लामाको मृत्यु भएको उनको परिवारले दाबी गरेको छ । कमानसिंहको २ करोड ५० लाख रूपैयाँ नरायणकाजीले झ्वाम पारेको भिडियोबाटै प्रस्टै हुन्छ ।
नारायणकाजीले सुसन कर्माचार्य मार्फत कामनसिंहलाइ आर्थिक रूपमा जर्जर पारेको कुराकानीबाट प्रस्ट हुन्छ । यसमा नारायणकाजीले प्रतिक्रिया दिन बाँकी छ । यद्यपी भिडियोले नै धेरै कुरा बोलिसकेको कारण नारायणकाजीको प्रतिक्रियाले त्यति ठूलो अर्थ राख्ने अवस्था छैन ।
मृत्युअघि कमानसिंहले श्रीमतिलाइ समेत धोका दिएको भन्दै किरिया नगर्न र आफ्नो जुठो नबार्न भन्दै सार्वजिनक अपिल समेत गरेका थिए । उनको अहिले अहिले समाजिक सञ्जालमा सयौँले सेयर गरिरहेका छन ।
दैनिकी डट कमबाट
लामाको परिवारले सनराइज खबरमार्फत बाहिर ल्याएको भिडियो तल हेर्न र सुन्न सक्नुहुन्छ :