कांग्रेस महाधिवेशन फागुनमा सम्भव छैनः महामन्त्री डा कोइराला - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शुक्रबार, साउन ११, २०८१

कांग्रेस महाधिवेशन फागुनमा सम्भव छैनः महामन्त्री डा कोइराला

साइनो समाचारदाता । नेपाली कांगे्रसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीको महाधिवेशन फागुनमा सम्भव नभएको बताउनुभएको छ । पत्रकारसँग यहाँ आज कुरा गर्दै डा कोइरालाले क्रियाशील सदस्यता वितरणदेखि दावीविरोधलगायत काम गर्न बाँकी रहेकाले तोकिएका समयमा महाधिवेशन सम्भव नरहेको स्पष्ट गर्नुभयो ।

यी सबै काम गर्नका लागि पनि अझै समय लाग्ने भएकाले पार्टीको महाधिवेशन चैत अन्तिम साता वा वैशाखमा गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “मङ्सिर मसान्तसम्म जिल्लाबाट क्रियाशील सदस्य आउनुप¥यो । त्यसमा दावी विरोध हुन्छ । त्यसलाई समय दिनुप¥यो ।”महाधिवेशनमा आफू कुन पदमा लड्ने भन्ने विषयमा टुङ्गो लागिनसकेको उहाँको भनाइ थियो ।

पार्टीभित्रका जिम्मेवार व्यक्तिसँग कुरा चलिरहेकाले छलफलबाट उम्मेदवार टुङ्गो लगाइने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कार्यकर्ताको चाहना मलाई सभापति भएको देख्ने छ । रामचन्द्रजी, प्रकाशमानजी, शेखर दाइ, सुजातालगायत जिम्मेवार व्यक्तिसँग छलफल भएको छैन ।”कुराकानीका क्रममा उहाँले अहिलेका अवस्थामा कांग्रेस सरकारमा नजाने स्पष्ट गर्नुभयो । सरकारमा जाने हो भने पार्टीलाई ठूलो घाटा लाग्ने सङ्घीय सांसद डा कोइरालाको भनाइ थियो ।

रासस

सम्बन्धित खवर