सङ्घीयता र गणतन्त्र सबै जातजातिको साझा : मुख्यमन्त्री राई - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

सङ्घीयता र गणतन्त्र सबै जातजातिको साझा : मुख्यमन्त्री राई

साइनो समाचारदाता । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपालको सङ्घीयता र गणतन्त्र सबै नेपाली जातजातिका लागि भएको र यो कसैको एकलौटी नभएको बताउनुभएको छ । मङ्गलबार उदयपुर जिल्लाको बेलका नगरपालिकाका विभिन्न वडामा एकैपटक निर्माण सम्पन्न भएका आठ भवन र एक पुलको औपचारिक उद्घाटनपछिको कार्यक्रममा उहाँले भन्नुभयो, “अहिलेको सङ्घीयता र गणतन्त्र सबै नेपाली जातजातिको साझा हो, यो कसैको एकलौटी होइन, यसमा सबै जातजातिको विकास हुनुपर्छ र कोही पनि लाखापाखा हुनुहुन्न ।”

उहाँले सङ्घीयता सबै नेपालीको भएको कारण सबै जातजाति मिलेर तेरो, मेरो नभनी अब देश विकासमा मिलेर अगाडि बढ्ने बेला आएको बताउनुभयो । सङ्घीयता र गणतन्त्रका लागि योगदान गर्ने ठूला राजनीतिक दल नेकपा र नेपाली कांग्रेस अहिले पार्टीभित्रको विवादमा रहे पनि यी पार्टी फुट्न नहुने र कसैले फुटोस् भन्ने कामना गर्छ भने त्यो दिवास्वप्न हुने उहाँको भनाइ थियो ।

रासस

सम्बन्धित खवर