साइनो समाचारदाता । दैलेखमा आफ्नै १४ बर्षीय छोरी बलात्कार गरेको आरोपमा ३४ बर्षीय एक पुरूष पक्राउ परेका छन् । बलात्कार आरोपमा पक्राउ परेका ति ब्यक्तिको नाम गोप्य राखेर घटनाको बारेमा दैलेख प्रहरीले सूचना सार्वजनिक गरेकाे छ ।
गएको शुक्रबार मध्य दिउँसो उनले छोरीलाई बलात्कार गरेको प्रहरीको भनाइ छ । ललाई फकाई जबरजस्ती बलात्कार गरेकाे छोरीले अरुलाई सुनाएपछि घटना बाहिर आउको हो । त्यपछि बलात्कार गरेका आरोपमा ती युवक पक्राउ परेका छन् ।
प्रहरीले अहिले उनलाई हिरासतमा राखेको बताएको छ । उनीमाथि अझै अनूशन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
















