सुनझोडा – सुवेदी चौक सडक निर्माण गर्दा बचेको १ लाख ५ हजार खोई - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

सुनझोडा – सुवेदी चौक सडक निर्माण गर्दा बचेको १ लाख ५ हजार खोई

साइनो समाचारदात
पथरी । पथरीशनिश्चरे २२ मङ्सिर । पूर्वी मोरङको पथरीशनिश्चरे – २, सुबेदी चौकबाट पूर्व पश्चिम राजमार्ग जोड्ने सडक निर्माणका क्रममा उपभोक्ता समितिका अध्यक्षले नै आर्थिक अनियमितता गरेको भन्दै उपभोक्ता समितिका उपाध्यक्ष सहितले छानविनको माग गरेका छन् ।
आइतबार उपाध्यक्ष बलिहाङ सेम्बु ,विजय सुब्बा लगायत स्थानीय सरोकारवालाहरूले २ नं.वडा कार्यालयमा उपभोक्तालाई अन्याय भएको भन्दै उजुरी दर्ता गराएका छन् ।

गत साउन देखि एकाएक चर्चामा आएको सुबेदी चौकबाट पूर्व पश्चिम राजमार्ग जोड्ने सडक (सेल्फी रोड) सङ्घीय सांसद विकास कोष, चौतारी सामूदायिक वन र स्थानीय चन्दाबाट सङ्कलित रकमबाट निर्माण गरिएको हो । उसबेला सडक निर्माण गर्न सुनझोडा खोला देखि सुबेदी चौक जाने कालोपत्रे बाटो उपभोक्ता समिति गठन भएको थियो । समितिको अध्यक्ष पार्थबहादुर बुढाथोकी र सचिव गङ्गाप्रसाद आचार्य रहेर बनेको उपभोक्ता समितिले सडक निर्माणका लागि कुल ४७ लाख ५२ हजार ६८९ रुपैयाँ सङ्कलन गरेको थियो । जसमध्ये सांसद बिकास कोषबाट ४२ लाख ७१ हजार ६८९ रुपियाँ,चौतारी सामूदायिक वनबाट ३ लाख ३५ हजार र स्थानीय दाताबाट १ लाख ४६ हजार सङ्कलन भएको थियो ।

आर्थिक वर्ष २०७५÷०७६ को बजेटबाट निर्माण भएको सेल्फी रोड भत्किन थालिसकेको छ । तर, उपभोक्ता समितिले सार्वजनिक गरेको हिसाव अनुसार बचत भएको रकम अझै सम्म अध्यक्ष पार्थबहादुर बुढाथोकी कै गोजीमा रहेको देखिन्छ ।अध्यक्ष बुढाथोकीले सडक निर्माण गर्नेमा सुरु देखि नै उपभोक्ता समितिका पदाधिकारी र सदस्यहरूसँग छलफल नगरी एकलौटी काम गर्दै आएको आरोप छ ।

स्थानीय उपभोक्ता पर्शु गुरुङले भन्नुभयो –सुरुमा ग्रेडर र रोलर ल्याएर सडकमा लगाउँदा पनि अध्यक्षले कसैसँग परामर्स नगरी एकल निर्णयमा २ लाख १० हजार रुपियाँ भुक्तान दिनु भएको थियो । ठेकदारसँग कमिसन लिन माहिर बुढाथोकीले पछि काम सम्पन्न भएपछि ४६ लाख ४७ हजार ३६९ रुपियाँ खर्च भएको हिसाव देखाउनु भएको थियो । सङ्कलन भएको रकमबाट खर्च रकम कटौति गर्दा १ लाख ५ हजार ८२० रुपियाँ बचत भएको थियो । जुन पैसा अध्यक्ष बुढाथोकीकै गोजी रहेको उपभोक्ताको आरोप छ । अध्यक्ष बुढाथोकीले १ लाख ५ हजार रुपियाँको हिसाव सार्वजनिक नगरेपछि स्थानीय उपभोक्ताहरू निवेदन सहित वडा कार्यालय पुगेका छन् ।

बुढाथोकीले भने स्थानीय सरकारको आडमा सडक छेउछाउ पुरेर उक्त रकमको हिसाव देखाउने प्रयत्न गरिरहेको बुझिएको छ । तर, सरोकारवालाहरूलाई कुनै सूचना सम्म नदिई माटो पुर्ने काम भएको भन्दै स्थानीयले बिरोध जनाएका छन् । यता उपभोक्ता समितिका अध्यक्ष पार्थबहादुर बुढाथोकीसँग घटनाका विषयमा जानकारी लिने प्रयास भएपनि उहाँसँग टेलिफोन सम्पर्क हुन् सकेन ।

सम्बन्धित खवर