हसन्दहमा प्रहरी पोष्ट उद्घाटन् - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

हसन्दहमा प्रहरी पोष्ट उद्घाटन्

साइनो समाचारदाता
पथरी । मोरङको पथरी शनिश्चरे ५ हसन्दहमा आज अस्थाई प्रहरी पोष्टको उद्घाटन् भएको छ । पथरी शनिश्चरे नगर प्रमुख दिलीपकुमार राईको अगुवाईमा प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला, जिल्ला प्रहरी कार्यालय प्रमुख सन्तोष खड्का र नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले संयुक्त रुपमा प्रहरी पोष्टको उद्घाटन् गर्नुभएको हो ।

नगरको दक्षिणी भूभागका रुपमा रहेको ५ र ६ नम्वर वडामा पर्ने हसन्दह क्षेत्रको सुरक्षाका लागि सो पोष्टले सहजता प्रदान गर्ने उहाँहरुले मन्तव्य व्यक्त गर्नुभयो । स्थानीय समाजसेवी बलबहादुर निरौलाले प्रहरी पोष्टका लागि तात्कालिन अवस्थामा ५ कठ्ठा २ धुर जग्गा दान गर्नुभएपछि १० वर्ष अघि हसन्दह गाविसले भवन निर्माण गरेको थियो ।

तर त्यहाँ आवश्यक प्रहरी दरवन्दी व्यवस्थापन नहुँदा भवन मात्र रहेको अवस्थामा नगरपालिका र प्रहरी निकायको लगातारको ताकेतापछि ०७७ मंसिर ४ गते अस्थाई प्रहरी पोष्ट स्वीकृत भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलीपकुमार गिरीले जनाउनु भयो । त्यसपछि जुनियर प्रहरी अधिकृत ( एसआई) को कमाण्डमा १० जना सुरक्षाकर्मीको व्यवस्थापन गरिएको उहाँले उल्लेख गर्नुभयो ।

५ नम्वर वडाध्यक्ष जोगबहादुर धिमालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको अध्यक्षता ६ नम्वर वडाध्यक्ष जयबहादुर तामाङले गर्नुभएको छ ।  नगर क्षेत्रमा डीएसपीको कमाण्डको इलाका प्रहरी कार्यालय, एउटा प्रहरी चौकी, २ वटा शसस्त्र बेस क्याम्प, एउटा नेपाल प्रहरीको बेस क्याम्प रहेको अवस्थामा हसन्दहमा समेत प्रहरी पोष्ट खडा भएपछि सुरक्षा व्यवस्थापनका हिसावले नगर क्षेत्रमा सहजता हुने देखिएको छ ।

सम्बन्धित खवर