शिवसताक्षीमा दुई तालीम केन्द्र बन्दै - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

शिवसताक्षीमा दुई तालीम केन्द्र बन्दै

साइनो समाचारदाता । शिवसताक्षी नगरपालिकामा रु दुई करोड ५० लाखको लागतमा बन्न लागेको दुई तालीम केन्द्र भवनको शिलान्यास गरिएको छ । गोपालगौरी दिगो विकास प्रतिष्ठानले निर्माण गर्न लागेको भवनको झापा निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लालप्रसाद सावाँले बुधबार शिलान्यास गर्नुभएको हो ।

प्रतिष्ठानका केन्द्रीय अध्यक्ष इन्दिरा गौतमले व्यक्तिगत रुपमा वडा नं ११ मा खरीद गरेको २२ धुर जग्गामा अत्याधुनिक र भूकम्प प्रतिरोधात्मक भवन निर्माण हुने प्रतिष्ठानका झापा अध्यक्ष भद्रदुमी राईले बताउनुभयो । प्रतिष्ठानको जनसम्पर्क कार्यालयसहित भवनमा सिलाइ, ढाकाका वस्तु, पार्लर र प्रतिष्ठानले उत्पादन गरेका वस्तुको प्रदर्शनी कक्ष रहने जनाइएको छ ।

सेवाग्राही र प्रशिक्षार्थीको सुविधाका लागि भवनमा लिफ्ट जडान हुने भएको छ । लिफ्ट जडानसहित बनेको भवन शिवसताक्षीमा यो पहिलो हो । प्रतिष्ठानका अध्यक्ष गौतम एकल हुनुहुन्छ । श्रीमान् र तीन छोराको अवसानपछि विरक्तिएको मन बुझाउन सामाजिक क्षेत्रमा आपूm क्रियाशील रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पिर खप्न नसकेर पटकपटक आत्महत्याको प्रयास गरेँ तर समस्यासँग भाग्नुभन्दा जुध्ने इच्छा भएर सामाजिक क्षेत्रमा क्रियाशील बनेकी हुँ ।”

भूकम्प, बाढी, हावाहुण्डरी, कोभिड जस्ता दैवीप्रकोप र महामारीबाट पीडित बनेका परिवारलाई राहत, पुनःस्थापना गर्ने कार्यमा अग्रपङ्क्तिमा रहनुभएका उहाँको सामाजिक उत्तरदायित्वका क्षेत्रमा अनुकरणीय योगदान रहँदै आएको नगरपालिकाका उपप्रमुख भोजकुमार नेपालले बताउनुभयो ।

रासस

सम्बन्धित खवर