नेकांभित्रको आन्तरिक द्वन्द्व अन्त्य गरिनुपर्छ : नेता महर - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

नेकांभित्रको आन्तरिक द्वन्द्व अन्त्य गरिनुपर्छ : नेता महर

साइनो समाचारदाता । स्कूल अफ डेमोक्रेसी नेपालका केन्द्रीय अध्यक्ष तथा नेविसङ्घका पूर्वअध्यक्ष नैनसिंह महरले कांग्रेस पार्टीलाई बलियो बनाउन पार्टीभित्र भएको आन्तरिक द्वन्द्वको अन्त्य गरिनुपर्ने बताउनुभएको छ ।

अध्यक्ष महरले आइतबार सदरमुकाम दमौलीमा स्कूल अफ ड्रेमोक्रेसी तनहुँका पदाधिकारी र जनप्रतिनिधिसँगको अनौपचारिक भेटघाटका क्रममा केन्द्रको आन्तरिक विवाद तल्लो तहसम्म पुग्न लागेको अवस्थामा त्यसको अन्त्य गरी गुटउपगुटको राजनीतिलाई निरुत्साहित गर्न आवश्यक रहेको औँल्याउनुभयो । “नेता बदमास नभएको महसुस जनता गर्ने गरी कांग्रेसले राम्रो काम गरे पार्टीलाई बलियो बनाउन सकिनेछ”, उहाँले भन्नुभयो, “सबैले आफ्नो गल्तीलाई सच्याएर पार्टीलाई बलियो बनाउनतर्फ लाग्नुपर्छ ।”

गण्डकी प्रदेशसभा सदस्य डोबाटे विकले धेरै कुराको एजेण्डा पाउँदा पनि कांग्रेसले सशक्तरूपमा आवाज उठाउन नसक्नु मुख्य कमजोरी पक्ष रहेको बताउनुभयो । प्रतिपक्षले जुन भूमिका खेल्नुपर्ने हो त्यो हुन सकेको छैन भन्दै उहाँले आवश्यक परे सडकमा उत्रिन पनि पछि हट्न नहुने बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले तथा ट्रेड युनियन कांग्रेसका सभापति सूर्यचन्द हड्खलेले कांग्रेस नेता बनाउने कि पार्टी जोगाउने भन्ने कुरामा गम्भीर भएर नाफा र घाटाको हिसाब नगरी सबै जना एकजुट भएर कांग्रेसलाई बलियो बनाउन लाग्नुपर्ने बताउनुभयो ।

आगामी चुनावमा कांग्रेसको सरकार आउने गरी पार्टीका सबै नेता मिलेर काम गर्नुपर्नेमा उनीहरुले जोड दिएका थिए । स्कूल अफ ड्रेमोक्रेसीका अध्यक्ष डम्बर अधिकारीले संसद् आह्वानका लागि कांग्रेसले दबाब दिनुपर्ने बताउनुभयो ।

 

रासस

सम्बन्धित खवर