कटुवा पेस्तोलसहित छठघाटबाट एक युवक पक्राउ - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

कटुवा पेस्तोलसहित छठघाटबाट एक युवक पक्राउ

साइनो समाचारदाता
जनकपुरधाम । सिरहामा छठको घाटबाट हतियारसहित एक युवक पक्राउ परेका छन् । शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिइरहँदा औरही गाउँपालिका ५ बाट हतियारसहित एक जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा और्ही ५ कै २२ वर्षीय रबीन दास छन् । दासलाई वडा नम्बर ५ स्थित पोखरीबाट हतियारसहित पक्राउ गरिएको सिरहाका प्रहरी प्रवक्ता शालिग्राम शर्माले बताए । उनका अनुसार दासको साथबाट एक राउण्ड गोली लोड भएको अवस्थामा एउटा कटुवा पेस्तोल बरामद भएको छ । यस्तै सोही पेस्तोलमा लाग्ने थप २ राउण्ड गोली पनि उनको साथबाट बरामद भएको शर्माले बताए ।

उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । रबीनले आफ्ना एकजना छिमेकीमाथि आक्रमण गर्ने योजनाअनुसार पेस्तोलसहित छठ घाटमा गएको सूचनाअनुसार प्रहरीले उनलाई पक्राउ गरेको हो । ती छिमेकीसँग उनको पुरानो रिसइबी रहेको स्थानीय बताउँछन् ।

सम्बन्धित खवर