छुट्टाछुट्टै दुर्घटनामा तीन जना घाइते - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

छुट्टाछुट्टै दुर्घटनामा तीन जना घाइते

साइनो समाचारदाता । गण्डकी प्रदेशअन्तर्गत आज नवलपरासी (पूर्व) र तनहुँमा भएका दुर्घटनामा तीन जना घाइते भएका छन् । नवलपरसी(पूर्व) कावासोती नगरपालिका–१७ बरौलीस्थित भित्री सडकखण्डमा बरौलीबाट गोछडातर्फ जाँदै गरेको ना २१ प ७१०६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु ४६ प ८६९४ नम्बरको स्कुटर एकापसमा ठोकिंदा स्कुटर चालक कावासोती नगरपालिका–१५ शेरगन्जका जीतबहादुर मर्दिनया र मोटरसाइकल चालक सोही नगरपालिका–१७ का निमबहादुर लामिछाने घाइते भएका छन् । घाइते दुवैलाई उपचारार्थ मध्यविन्दु जिल्ला अस्पताल डण्डा पठाइएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो ।

त्यस्तै आजै तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पुस्थित पृथ्वी राजमार्गमा गोरखाबाट पोखरातर्फ जाँदै गरेको ना ५ ख ४६७ नम्बरको बसबाट मान्छे ओराल्ने क्रममा बसमा सवार म्याग्दे–७ का सोनम थापा अगाडिको ढोकाबाट खसेर घाइते भएको प्रहरीले जनाएको छ । घाइते थापालाई थर्पुस्थित म्याग्दे पोलिक्निकमा सामान्य उपचारपश्चात् थप उपचारको लागि मेट्रोसिटी अस्पताल पोखरा पठाइएको छ ।

 

रासस

सम्बन्धित खवर