साइनो समाचारदाता । नवलपरासी (बर्दघाट–सुस्ता) पूर्व मध्यविन्दु नगरपालिका–३ स्थित शेरीबाट नगदसहित ७ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
नारायणजंग कार्कीले घरमा जुवातास खेलाएको भन्ने बिशेष सूचना प्राप्त हुना साथ तत्काल जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले नगदसहित सात जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीले जनाएको छ । प्रहरीले पक्राउ परेकाहरुको नाम भने सार्वजनिक गरेको छैन ।
उनीहरूको साथवाट ताससहित नगद ४२ हजार १ सय ७० रूपैयाँ बरामद गरेको छ । पक्राउ परेका सात जनाविरूद्ध मुलुकी अपराधसंहिता ऐन, २०७४ को परिच्छेद ५ को दफा १२५ अनुसार आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ
















