तिहारका लागि मेरिगोल्ड फूल फुलाउँदै भण्डारी दम्पती - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

तिहारका लागि मेरिगोल्ड फूल फुलाउँदै भण्डारी दम्पती

साइनो समाचारदाता । पोखरा महानगरपालिका वडा नं १७ विरौटास्थित बाराही नर्सरी यतिखेर मेरिगोल्ड फूलले ढकमक्क ढाकिएको छ । नेपालीको दोस्रो महत्वपूर्ण फूलैफूलको पर्व तिहार नजिकिँदै गर्दा नर्सरीका सञ्चालक वसन्त भण्डारी र उहाँकी श्रीमती सञ्चितालाई मेरिगोल्डले छुट्टै खुशी ल्याएको छ ।

भाडामा लिइएको जग्गामा पुष्प व्यवसाय गर्नुभएका उहाँहरूका लागि यो व्यवसाय नौलो भने होइन । आजभन्दा एक दशकअघि विसं २०६६ देखि पुष्प व्यवसायमा लागेको भण्डारी दम्पतीले विगतका वर्षमा राम्रै आम्दानी गरेपछि यसलाई निरन्तरता दिँदै आएको छ । सञ्चालक सञ्चिताले यस वर्ष करिब एक रोपनी जग्गामा एक हजार २०० अमेरिकन मेरिगोल्ड जातको फूलका बिरुवा रोपिएको र उत्पादन राम्रो भएको जानकारी दिनुभयो । “एउटा फूलको बोटमा सरदर ३० वटा फूलका थुङ्गा टिप्न तयार भएका छन्”, उहाँले भन्नुभयो, “प्रतिथुङ्गा रु पाँचमा बिक्री गर्ने सोचमा छौँ ।” तिहारमा फूलबाट रु एक लाख ५० हजार आम्दानी गर्ने उहाँहरूको लक्ष्य छ ।

km”ndf eljio vf]Hb} e08f/L bDkQL
u08sL, @^ sflQs M kf]v/f dxfgu/kflnsf–= !& lj/f}6fsf] af/fxL g;{/Ldf 9sdSs k’mn]sf] d]l/uf]N8 hftsf] km”ndf eljio vf]Hb} e08f/L bDkQL . km”n}km”nsf] kj{ ltxf/nfO{ nlIot u/L pgLx?n] nfdf] ;dob]lv Jofj;flos k’mn v]tL ub}{ cfPsf 5g . tl:a/ M xl/ af:tf]nf÷ /f;;

यतिखेर फूलसहितको बोटलाई रु २५० मा बिक्री गर्दै आएको बताउँदै उहाँले फूलका पारखी नर्सरीमै आउने गरेका जानकारी दिनुभयो । फूल मात्र नभई बिरुवा बिक्री गरेर पनि राम्रै आम्दानी भएको उहाँले राससलाई जानकारी दिनुभयो । गत वर्ष लगभग पाँच रोपनी क्षेत्रफलमा पुष्प व्यवसाय गरेको बताउँदै भण्डारीले विश्वव्यापी पैmलिएको कोरोना भाइरसको कारण यस वर्ष थोरै क्षेत्रफलमा खेती गरिएको सुनाउनुभयो ।

शुरुमा बोडीखेती गर्न तयार पारिएको बारीमा केही ठाउँ खाली भएपछि नजिकैको नर्सरीबाट भण्डारी दम्पतीले १५० फूलका बिरुवा किनेर फूलखेती फस्टाएपछि यसलाई व्यवसायका रूपमा अपनाउँदै आएको हो । फुर्सदका समय सदुपयोग गर्दै जग्गा तयारीदेखि बिरुवा लगाउने, गोडमेल गर्ने आवश्यकतानुसार औषधि प्रयोग गर्ने आफूहरूको नित्यकर्म बनेको सञ्चालक वसन्तले बताउनुभयो ।

विगतमा प्लाष्टिक टनेलभित्र र खुला दुवै तरिकाबाट भए पनि यस वर्ष भने खुलारूपमा व्यावसायिक फूलखेती गरेको बताउँदै उहाँले तिहारमा बाहिरबाट आउने फूलसँग प्रतिष्पर्धा गर्नुपर्दा उचित मूल्य नपाउने गरेको गुनासो गर्नुभयो । बारीमा उत्पादन भएको फूलको प्रतिथुँगा रु पाँच र एउटा मालाको रु ५० देखि रु १०० सम्म बिक्री हुन्छ । महँगो बीउ, जनशक्ति अभाव र आवश्यकतानुसारको प्राविधिक सहयोग प्राप्त हुन नसक्दा उत्पादनको लागत बढी हुने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार अमेरिकन मेरिगोल्ड एक पटक मात्र फुल्ने भएकाले तिहारका लागि लक्ष्य गरिएको हो ।

यस वर्ष नर्सरीमा उत्पादित एभोकाडो एक हजार ८००, सुन्तला तीन हजार, कागती एक हजार पाँचसय, ड्रागनफुट एक हजार दुई सय, अम्बा ५००, मेरिगोल्ड फुलका ४००, मेवाका १०० बिरुवा बिक्री गरी रु तीन लाख पचास हजारभन्दा बढी आम्दानी गरेको भण्डारी दम्पती बताउँछ । पुष्प व्यवसायी सङ्घ कास्कीका अध्यक्ष सीतामाया रानाले जिल्ला फूलमा आत्मनिर्भर भएको जानकारी दिनुभयो । संस्थामा बिभिन्न ३२ वटा फूल उत्पादक नर्सरी आबद्ध रहेको बताउँदै उहाँले पोखरा र आसपासमा उत्पादित फूलले बजारको मागलाई पूरागर्ने विश्वास व्यक्त गर्नुभयो । यस वर्ष तिहारको पाँच दिनमा पोखरामा लगभग रु सात करोड कारोबार हुने अनुमान गरिएको छ ।

कोरोनाका कारण पनि व्यवसायीले फूल उत्पादनमा कुनै कमी हुन नदिएको बताउँदै अध्यक्ष रानाले बाहिरबाट आउने फूल पूर्णरुपमा विस्थापित गर्नेतर्पm सङ्घ निरन्तर अभियानमा जुट्दै आएका कारण यस वर्ष अन्य जिल्ला तथा विदेशबाट फूल नआउने जनाउनुभयो ।

 

रासस

सम्बन्धित खवर