किसानको रोजाइमा थ्रेसर मेशिन - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

किसानको रोजाइमा थ्रेसर मेशिन

साइनो समाचारदाता । परम्परागत खेतालाको भरमा धान भित्र्याउँदै आएका जिल्लाका किसानले पछिल्लो समय आधुनिक थ्रेसर मेशिनतर्फ आकर्षित हुन थालेपछि यस मेशिन रोजाइमा पर्न थालेको छ । काम गर्ने खेताला पाउनै मुश्किल र पाए पनि महँगो साथै समय पनि धेरै लाग्ने भएकाले थ्रेसर मेशिनले कम समय र लागतमै धान झाट्ने भएकाले जिल्लाका किसान सो मेशिनतर्फ आकर्षित हुँदा यस मेशिन रोजाइमा पर्न थालेको हो ।

केही समयअघिसम्म शहरका ठूला फाँटमा मात्रै प्रयोग हुँदै आए तापनि पछिल्लो समयमा गाउँघरका किसानसमेत सो मेसिन प्रयोग गर्न थालेका छन् । जिल्लामा यतिबेला धान पाकेकाले धान काट्ने र झाट्नेमा किसान ब्यस्त भएका छन् । अधिकांश किसान धान काट्ने काम सकेर दाइँ हाल्दैछन् त कति हाल्ने तरखरमा रहेका छन् । केही केही ठाउँमा किसानले परम्परागतरुपमा मान्छे र गोरुको सहायताले दाइँ हालिरहेका छन् ।

काम गर्ने मानिस र गोरु पनि पाउन मुस्किल हुन थालेपछि आधुनिक थ्रेसर मेशिन प्रयोग बढ्न थालेको छ । बेँसीशहर नगरपालिका–११ रामचोकबेंसीका किसान ईश्वरराज सेढाईं भन्नुहुन्छ, “थ्रेसर मेशिनले किसानलाई निकै सहज बनाएको छ । पहिला जसरी गोरु पाइन छाडे । कामदारको अभाव छ”, उहाँले भन्नुभयो । रामचोक फाँटका ८० प्रतिशत किसानले काम गर्न सहज भएकाले थ्रेसर मेशिन नै प्रयोग गरेको उहाँको भनाइ छ । चौबिस मुरी बराबरको धान र पराल एक घण्टामै मेशिनले छुट्याएर सकायो, खर्च पनि जम्मा दुई हजार ७५० मात्र लाग्यो । यही कामका लागि १०÷१२ जना खेतला आवश्यक पर्ने र ज्यालावापत झण्डै १० हजार खर्च हुने सेढाईंले बताउनुभयो ।

थ्रेसरको प्रयोगले काम पनि छिटो, खर्च पनि कम समयको बचत, खेताला खोज्नुपर्ने बाध्यता हट्न थालेको किसानको भनाइ छ । थ्रेसर मेशिनले काम गर्दा पैसा र समयको बचत हुने भएकाले किसान थे्रसर मेशिनतर्फ किसानहरु आकर्षित भएका हुन् । त्यस्तै मध्यनेपाल नगरपालिकाका अधिकांश किसानले पनि थे्रसर मेशिन प्रयोग गर्न थालेका छन् । प्रतघिण्टा थ्रेसर मेशिनले धान पराल छुट्याएको करिब तीन हजार रुपैयाँ लिँदै आएका छन् । जिल्लाको भोटेओडार, रामचोकबेँसी, सुन्दरबजार, फेदीकुना, राइनास, पाउँदी, भकुण्डेलगायतका फाँटमा थ्रेसर मेशिनबाटै किसानले धान पराल छुट्याउने गरेका छन् ।

त्यस्तै गत वर्षको तुलनामा जिल्लामा यस वर्ष धान उत्पादनमा समेत वृद्धि हुने कृषि ज्ञान केन्द्र कार्यालय लमजुङको अनुमान छ । कृषि ज्ञान केन्द्र कार्यालय कृषि अर्थविज्ञ मदन रेग्मीका अनुसार १४ हजार २४० हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो । उहाँले भन्नुभयो, “समयमै पानी पर्याप्त भएको, लकडाउनका कारण शहर गएका सबै घरमा रहेकाले बाँझो जमीनमा समेत धान खेती गरिएकाले गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा समेत वृद्धि हुनेछ । केन्द्रका अनुसार यस वर्ष करिब १० हेक्टर क्षेत्रफल जमिनमा थप धान विस्तारसमेत भएको छ । गत वर्ष जिल्लामा १४ हजार २३० हेक्टर क्षेक्रफल जमीनमा लगाइएको धान खेतीबाट ४४ हजार १४५ मेट्रिकटन धान उत्पादन भएको थियो ।

यहाँका किसानले सुनौलो सुगन्ध, रामधान, जेठोबुढो, एक्ले सुख्या २, सावित्री, लोकतन्त्रलगायतका उन्नत जातको धानका बीउ लगाएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार कतिपयले लोकनाथ, गोरखनाथ, युएस ३१२, मकवानपुर, वर्षे ३००४, मनसुलीलगायतको हाइब्रिड जातको धान लगाउँदै आएका छन् । जिल्लामा ४५ हजार ५० हेक्टर खेतीयोग्य जमीन रहे पनि १५ हजार हेक्टर क्षेत्रफलमा मात्रै धानखेती हुँदै आएको छ । यस वर्ष धान उत्पादनमा वृद्धि हुने देखेपछि जिल्लाका किसानहरु उत्साहित भएका छन् ।

 

 

रासस

सम्बन्धित खवर