आफ्नै लापरबाहीले कोरोना बढेकाले सचेत रहन नगरप्रमुखको आग्रह - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

आफ्नै लापरबाहीले कोरोना बढेकाले सचेत रहन नगरप्रमुखको आग्रह

साइनो समाचारदाता
पथरी । मोरङको पथरी शनिश्चरे नगर प्रमुख दिलीपकुमार राईले स्थानीय आफ्नै लापवाहीका कारण कोरोना भाइरसको जोखिम बढेको बताउँदै अत्यन्तै स्वास्थ्य सतर्कता अपनाउन नगरवासीलाई आग्रह गर्नुभएको छ ।

नगर प्रमुख राईले आज वडा नम्वर १० स्थित पशुपति सामुदायिक वन उपभोक्ता समूहको प्रतिनिधिमुलक सहभागितामाझको १० औं वार्षिक साधारणसभामा प्रमुख अतिथिका रुपमा बोल्दै त्यस्तो आग्रह गर्नुभएको हो । उहाँले नगरको क्वारेन्टिनमा राखिएका ७ सय जनाको स्वाब संकलन गरी पीसीआर विधिबाट जाँच गर्दा मात्र १६ जनामा कोरोना देखिएको अवस्थामा हाल आएर स्वास्थ्य लापरबाहीका कारण हिँडडुल गर्दा समुदायका ६३ जना गरी कुल ७९ जनामा कोरोना फैलिइसकेको अवस्था दर्शाउनु भयो ।

उहाँले कम्तिमा डेढ मिटरको भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, साबुनपानीले हात धुने र सेनिटाइजर लगाएर स्वास्थ्य सतर्कता अपनाउनुको विकल्प नरहेको स्मरण गराउनु भयो । उहाँले कोरोनाको संक्रमण बढिरहेकाले संक्रमितका लागि आवश्यक पर्दा प्रदेश १ मा अस्पतालमा राख्ने बेड समेत नभएको जनाउनु भयो । कोरोनाको संक्रमण नगरका जनप्रतिनिधि, कर्मचारी सहित समुदायमा फैलिएकाले असोज ३० देखि कार्तिक ६ गतेसम्मका लागि नगरपालिका वडा कार्यालयको प्रशासनिक सेवा बन्द गरिएको छ ।

नगर अस्पताल, शनिश्चरे स्वास्थ्य चौकी र १ नम्वर वडाको आधारभूत स्वास्थ्य केन्द्रको सेवा ती कार्यालयमा कार्यरत अन्य कर्मचारीहरुको पीसीआर परीक्षणको रिपोर्ट आएपछि रिपोर्टका आधारमा कार्यालय के कसरी सञ्चालन गर्ने भन्ने निर्णय हुने बताउनु भयो । दैनिक तथा साप्ताहिक हाट बजार समेत बन्द गरिएको उल्लेख गर्नुभयो । वन संरक्षको प्रसंगमा उहाँले नगरपालिकाले पनि सरोकारवाला पक्षहरुसँग छलफल गरी नीति बनाउने बताउँदै नगरले वन तथा सिमसारयुक्त पर्यटन प्रवद्र्धनका लागि गत वर्षदेखि नै सामुदायिक वनहरुसँगको साझेदारी कार्यक्रम अघि सारेको सुनाउनु भयो ।

सम्बन्धित खवर