नेकपा तेह्रथुममा पहिरो १ सय ५० भन्दा बढी नेता कार्यकर्ता कांग्रेसमा प्रवेश - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, मङि्सर ०७, २०८३

नेकपा तेह्रथुममा पहिरो १ सय ५० भन्दा बढी नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

रेवत पारघारी
तेह्रथुम । अत्याचार र भ्रष्टाचार सहन नसकी नेकपा परित्याग गर्नेको संख्या बढ्दो छ । त्यस्तै तेह्रथुमको छथर गाउँपालिकामा पनि नेकपामा पहिरो गएको छ ।स्थानीय निर्वाचनका उम्मेद्बार छथर १ आङदिमका टेकबहादुर लिम्बु त्यस्तै नेकपा माओवादीबाट दलित उम्मेद्बार गंगा दर्जी सहित सयको हाराहारी कांग्रेसमा प्रवेश गरेका छन ।

यसै बिच छथर ओख्रेमा नेकपाका क्रियासिल सदस्य महासेर लिम्बु , डण्डसम्सेर शाही लगायतले पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन । त्यस्तै संघीय लिम्बुवान मञ्चमा बिगत लामो समय कमान्डरको रूपमा काम गर्दै आएका किरण लिम्बु,डेन्जर साँवा लगायत ५२ जना लिम्बुवानका कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन । लिम्बुवान पार्टीको सिद्धान्त र बिचार राम्रो भएपनी नेतृत्व गर्ने कार्यकर्ताहरुमा देखिएको आडम्बरका कारण पार्टीको अस्तित्व नै समाप्त भएकोले नेपाली कांग्रेसमा प्रवेश गरेको डेन्जरले बताए ।

नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्री तुलसी सुब्बा, जिल्ला सभापति गोबिन्द ढुंगाना, उपसभापति अर्जुन तुम्बाहाम्फे, सचीव सन्तोष निङ्लेखु लगायतले नवप्रवेशीहरुलाई स्वागत गर्दै पार्टी प्रवेश गराएका थिए । छथर गाउँपालिकाको ६ वटै वडाबाट कांग्रेसमा प्रवेश गर्नेहरुको संख्या बढ्दो रहेको कांग्रेस छथरका सचीव डम्बर भट्टराईले बताए । त्यस्तै छथरकै ओख्रेमा मात्रै ३ दर्जन बढी नेकपा परित्याग गरि कांग्रेसमा प्रवेश भएका छथर इन्चार्ज तथा महाधिवेशन प्रतिनिधि टेकराज तिगेलाले बताए ।तेह्रथुम स्वास्थ्यमन्त्री भानुभक्त ढकालको गृहजिल्ला समेत रहेको छ ।

सम्बन्धित खवर