साइनो समाचारदाता
काठमाडौं । प्रधानमन्त्री केपी ओली कन्ट्याक ट्रेसिङमा परेका छन् । निजी सचिवालयका चार जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएपछि ओली कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् ।
प्रधानमन्त्री ओलीका प्रमुख राजीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीमा कोरोना संक्रमण पुष्टि भएको हो । शुक्रबार दिएको उनिहरुको स्वाब परीक्षणको रिपोर्ट शनिबार आएको हो । चारै जनाको रिपोर्ट पोजिटिभ आएपछि प्रधानमन्त्री ओली कन्ट्याक ट्रेसिङमा परेका हुन् ।
प्रेस सल्लाहकार थापाले प्रधानमन्त्रीसँग दैनिक भेटघाट भइरहेको तर स्वास्थ्य सावधानी अपनाएको बताए । ‘हामी प्रधानमन्त्रीसँग आवश्यकता अनुसार भेटघाटमै थियौँ’, थापाले भने, ‘तर, उहाँसँग भेट गर्दा हामीले स्वास्थ्य सावधानी र दूरी अनिवाई रुपमा कामय गरेका छौँ ।
















