आकृति कन्ट्रक्सनले बनाएको कालोपत्रे दुई महिना मै ठाउँ ठाउँ मा भत्कियो - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

आकृति कन्ट्रक्सनले बनाएको कालोपत्रे दुई महिना मै ठाउँ ठाउँ मा भत्कियो

साइनो समाचारदाता
रंगेली । मोरङ को रंगेली नगरपालिका वडा नं. ४ स्थित चोप्राह नजिकमा रहेको सिक्किमलाल मण्डलको किराना पसल देखि दक्षिण बोर्डर सम्म जाने बाटो कमसल र गुणस्तरहिन निर्माण गरेको भन्दै स्थानीयले बिरोध गरेका छन । उनीहरुले संयुक्तरूपमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी गराएका हुन ।

रंगेली नगरपालिकाले २०७५ माघ २५ गते सत्तरी लाख रुपैयाको लागतमा उक्त सडक निर्माण सुरु गर्न उपभोक्तालाई जिम्मा दिएको थियो । उक्त काम सम्पन्न नगरपालिकाले तीन पटक सम्म उक्त सडक को ठेक्का सम्झौता थप समेत गरेको थियो । सुरुमा बीस फिट चौडाई र ५ सय १२ मिटर लम्बाई निर्माण गर्ने एस्टिमेट भएता पनि उक्त सडक निर्माण गर्नेे समय सम्म १६ फिट चौडाईमा निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न भएको ३ महिना नबित्दै सो बाटोमा अहिले झार उम्रिएको, ठाउँ ठाउँमा फुटेको र पिच को गिट्टी समेत निस्कन थालेपछि उपभोक्ता समिति को सदस्य मा रहेका विशेश्वर प्रसाद मंन्डल ,प्रमानन्द मंण्डल लगायत ६ जना ले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका हुन ।

सडक निर्माण उपभोक्ता समिति का अध्यक्ष अशोक कुमार मंण्डल , सचिव रनवहादुर मंण्डल कोषा अध्यक्ष दुनियाँ देवि मंण्डल लगायत लाई क्रमश २० हजार रुपैयाँ , १० हजार रुपैयाँ ५ हजार रुपैयाँ र सदस्य हरु लाई ५ हजार रुपैयाँ समेत दिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन । सडक निर्माण समिति का सदस्य रहेकि परेख देवि मंण्डल एक बर्ष अगाडि भारतको पन्जाव मा रोजगरीमा गएको समयमा उक्त समति ले पारख देवि को छोरी संग कृति सहित छाप गराएर बहुमत पुगाएर उनीहरुले सडक निर्माण सम्पन्न गरेको को फरक गरेको र आफू हरु लाई र स्थानीयलाई सम्पुर्ण बजेट को पारदर्शी समेत नगरेको लागएका छन ।

समिति का अध्यक्ष अशोक मंण्डल ले एक्लौटि रुपमा उक्त सडक कालोपत्रे गर्नका लागि रंगेली मा रहेको आकृति कन्ट्रक्सन का प्रमुख बिरेन्द्र साह लाई जिम्मा लगाएको थियो । अध्यक्ष ले सो सडक निर्माण गर्ने आकृति कन्ट्रक्सन लाई के कति रकम मा दिएको त्यो भने थाहा नभएको भन्दै पन्छिन खोजे का छन । यता बडा अध्यक्ष भुपेन्द्र मंण्डल ले भने सो बिषयमा आफुलाई समितिले आफू लाई कुनै जानकारी नगराएको तर काम भने राम्रो भएको अभिब्यक्ति दिएका छन ।

नगरपालिकाले ७० लाख रुपैयाँको कालोपत्रे सडक निर्माण कार्य का लागि उपभोक्ता लाई दिएको तर उपभोक्ता हरु ले कालोपत्रे सडक निर्माणकार्य गर्ने चाहिने आवश्यक सामाग्री समते कहाँबाट ल्याउछन भन्ने हेक्का समेत नहुदा अहिले उक्त सडक दुई महिना मै बिग्रिन थालेको छ ।

सम्बन्धित खवर