साइनो समाचारदाता
काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादव त्रिवि शिक्षण अस्पताल पुगेका छन् । आमरण अनसनरत डाक्टर गोविन्द केसीलाई भेटन उनी अस्पताल पुगेका हुन्
विश्व अहिंसा दिवसको अवसर पारी त्रिवि शिक्षण अस्पताल पुगेर डा. केसीलाई भेटेका यादवले चाँडोभन्दा चाँडो माग सम्बोधन गर्न सरकारलाई आग्रह गरे । उनले भने, ‘जति अहिले समाधान गर्न सकिन्छ, समाधान गर्दै जानुपर्छ ।’ साथै उनले आफ्नो स्वास्थ्य हेरेर अनशन तोड्न आग्रह गरे ।
















