साइनो समाचारदाता
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १३५१ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ८० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
यस्तै आज देशभर ८ हजार ६९५ संस्थागत आइसोलेशन र १० हजार ९२९ जना होम आइसोलेशनमा रहेका छन् । बितेको २४ घण्टामा थप ७४२ जना निको भएका छन् यससँगै निको हुनेको कुल संख्या ५४ हजार ६४० पुगेको छ । यस्तै आज १० हजार ८० जनाको पीसीआर भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
















