साइनो समाचारदाता
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १३ सय १३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यो संगै कुल संक्रमितको संख्या ७० हजार ६१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएका छन् ।
उनका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २८९ रहेको छ । तीमध्ये ८ हजार २३७ जना संस्थागत आइसोलेशनमा र १० हजार ०५२ जना होम आइसोलेशनमा रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा जना १४ सय ५५ कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म संक्रमणमुक्त हुनेको कुल संख्या ५१ हजार ८६६ जना पुगेको छ । संक्रमणमुक्त हुने दर ७३.४ प्रतिशत रहेको छ ।
आइसीयूमा २२७ जना र भेन्टिलेटरमा ३९ जना रहेका छन् । ७ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने ७ जिल्ला कोरोनासंक्रमुक्त भएका छन् ।, यसैबीच बितेको २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ । यसमा १२ जना पुरुष र ५ जना महिला रहेका छन् । योसँगै हालसम्म ४५३ जनाको मृत्यु भएको छ ।
















