साइनो समाचारदाता
पथरी । सर्वमान्य नेता गणेशमान सिंहको २३ औँ स्मृति दिवस तथा संविधान दिवसका अवसरमा नेपाल विद्यार्थी संघ पथरी बहुमुखि क्याम्पस इकाइ समितिले दिप प्रज्वलन कार्यक्रम गरेको छ । शनिबार बेलुकी ५ बजे पथरीशनिश्चरे वडा नं ३ को विरेन्द्रचोकमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको हो ।
मोरङ क्षेत्र नं ३ का क्षेत्रीय सभापति गणेश खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा इकाइ सभापति नवराज तुम्वापोको सभापतित्व रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि रहेका खड्काले नेपालको संविधान लेखनमा नेपाली काङग्रेसको भुमिकाबारे चर्चा गर्नुभएको थियो । साथै उहाँले गणेशमान सिंहले प्रजातन्त्र बहाली र प्रर्नबहालिमा खेलेको भुमिकाबारे पनि चचाए गर्नुभएको थियो । नेता खड्काले अहिले कम्युनिष्ट सरकारले काम भन्दा पनि अफवाह फैलाएर जनतालाई भ्रममा राखेको बताउनुभएको थियो । कार्यक्रममा पार्टीका उच्च तहका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
















