साइनो समाचारदाता
काठमाडौँ । बितेको २४ घण्टामा देशभर थप १ हजार २०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज देशभर सक्रिय संक्रमितहरुकको संख्या १७ हजार १२९ रहेको छ ।
संस्थागत आइसोलेशनमा ९ हजार १५३ जना र होम आइसोलेशनमा ९ हजार ९७६ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएका छन् । पछिल्लो २४ घण्टामा निको हुनेहरुको संख्या १ हजार ४४७ जना रहेको छ भने हालसम्म निको हुनेको कुल संख्या ४५ हजार २६७ पुगेको गौतमले बताए ।
















