डा. केसीको समर्थनमा प्रदर्शन - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

डा. केसीको समर्थनमा प्रदर्शन

साइनो समाचारदाता
काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सञ्चालन हुनुपर्ने लगायतका माग राखेर जुम्लामा सत्याग्रहमा बसेका डा. गोविन्द्र केसीको माग पुरा गर्नुपर्ने माग राख्दै काठमाडौंमा प्रदर्शन भएको छ ।

शनिबार माइतीघर मण्डलामा ‘डा. केसीका माग पुरा गर, डा. केसीको जीवन रक्षा गर’ लगायतका नारा लेखिएको प्लेकार्डसहित युवाहरूले प्रदर्शन गरेका हुन् । भौतिक दुरी कायम गर्न भन्दै एक ठाउँमा ५ जना मात्र जम्मा भएर प्रदर्शन गरेको सहभागीहरुले बताएका छन् ।

डा. केसी नोवेल कोरोना भाइरस (कोभिड(१९) को पीसीआर परीक्षण व्यापक बनाउनुपर्ने, निःशुल्क गुणस्तरीय शिक्षा र स्वास्थ्यमा समान पहुँचको सुनिश्चिता हुनुपर्ने लगायतका माग राखेर २९ भदौदेखि जुम्लामा अनसनरत छन् ।

१९औं पटक अनुसन बसेका डा. केसीले विगतमा सरकारले आफूसँग गरेका सम्झौता कार्यान्वयन गर्नुपर्ने माग समेत राखेका छन् । नेपाल चिकित्सक संघले शुक्रबार डा. केसीका माग सम्बोधन गर्दै उनको जीवन रक्षा गर्न सरकारसँग माग गरेको थियो ।

सम्बन्धित खवर