साइनो समाचारदाता
पथरी । लामो समयको लकडाउनका कारण शिक्षा क्षेत्रमा परेको प्रभावलाई मध्यनजर गर्दै नेपाल विद्यार्थी संघ बुद्ध मावि इकाइ कमिटिले निःशुल्क घरदैलो अध्यापन अभियान शुरु गरेको छ । पथरीशनिश्चरे वडा नं ८ का सामुदायीक विद्यालयमा अध्ययनरत कक्षा ५ मुनिका विद्यार्थीलाई निःशुल्क अध्यापन थालीएको हो ।
स्वास्थ्यका सम्पूर्ण मापदण्ड अपनाइदै हिजो शुक्रबारबाट अध्यापन अभियान शुरु गरिएको अभियानका संयोजक किशान राईले जानकारी दिए । अभियानमा ९ जना शिक्षकले अध्यापन गराइरहेका छन् । अध्ययनका लािग सोमबारे सेन्टरमा २५ जना, मंगलबारेमा ५५ जना, शुक्रबारे सेन्टरमा २० जना र मिलन चोक सेन्टरमा १० जना विद्यार्थी आउने गरेका छन् । यो संख्या थप हुन सक्ने संयोजक राईले बताएका छन् । कक्षा ३,४ र ५ कक्षाका बिध्यार्थिलाइ दिउसो ११ बजे देखि १ बजे सम्म, ३ कक्षा मुनिको लाइ बिहान ७ देखि ९ बजे सम्म पढाइने उनले बताए ।
















