साइनो समाचारदाता
पथरी । सर्वमान्य नेता गणेशमान सिंहको २३ औँ स्मृति दिवस तथा संविधान दिवसका अवसरमा नेपाल विद्यार्थी संघ पथरी बहुमुखि क्याम्पस इकाइ समितिले दिप प्रज्वलन गर्ने भएको छ । कार्यक्रम असोज ३ गते आइतवार बेलुकी ५बजे पथरीशनिश्चरे वार्ड नं ३ विरेन्द्रचोकमा हुने इकाइ सभापति नवराज तुम्वापोले जानकारी दिएका छन् ।
मोरङ क्षेत्र नं ३ का क्षेत्रीय सभापति गणेश खड्काको उपस्थिति रहने दिपप्रज्वलन कार्यक्रममा नेपाल विद्यार्थी संघका विभिन्न तह र तप्कामा रहने सम्पूर्ण विद्यार्थीहरुलाई सरिक हुन इकाइ समितिले आह्वान समेत गरेको छ ।
















