तेजन खड्का
मोरङ । वलबैश हुँदा मोरङको रतुमाई सातमेडीमा रहेको जननेता स्वर्गीय मदन भण्डारीको घर संरक्षण र हेरचाहमा जिवन व्यथित गरेका घनश्याम भण्डारीको परिवारलाई कम्युनिष्ट बिरोधी अभिब्यक्ति दिएको आरोप लगाँउदैं घर निकालाको तयारी गरिएको छ । राष्ट्रपति विद्या भण्डारीको श्रीमान रहेका मदनको घरको रुँगुवाको काम गरेका भण्डारी यति बेला निक्कै दुखी छन् । भण्डारीको परिवारलाई मदनग्राम पूर्वाधार संरक्षण समितिका संयोजक शिवराज पौडेलले बसाई हिड्न चेतावनी दिएका हुन् ।
संस्थाले बोलाएपछि २०६३ सालमा इलामबाट आएर जन नेता मदन निवासको घरको हेरचाह गरियो, अहिले हामीलाई निकाल्ने तयारी भईरहेको छ, रुँगुवा भण्डारीले दुखी हुँदै भने, हामीले गरेको देनको कदरको त कुरै छोडौं, अहिले आएर घर निकालाको तयारी भईरहेको छ ।भण्डारीसँगैं श्रीमती यसोदा र २ छोरा पनिसँगै बस्ने गरेका छन् । २०६३ साल अगाडि खाली रहेको यो घर अहिले यो परिवारले संरक्षण गर्दै आएको छ । आफुँहरु गरिखाँदै गरेको मान्छे त्यहा आउँदा के सुविधा छ कतैपछि दुख त पाउँदैनौ फुत्त निस्किएर जा त भन्नुहुन्न भन्दा तपाईहरुलाई एउटा सानो सानो घर हुन्छ, संस्थाले त्यस्तो गर्दैन भनेपछि घर रुघ्न आएको घनश्यामले बताए ।
‘त अन्तै जाँ कतै जग्गा खोज्छेस कि के गर्छेस , अब संस्थाले नै घरको सबै काम गर्छ , मेरो त भन्ने काम हो भनिदिए अब निस्किहाल भन्दै शिवराजले निस्कि भनेको घनश्यामले बताए । ‘म अनपढ मान्छे बोल्न पनि जान्दिन, जे बोल्छु साचो बोल्छु, यो घरको बारे नराम्रो अभिब्यक्ति कतै पनि दिएको छैन, घनश्याम भन्छन्, घरको धेरै माया लाग्छ यतिका बर्ष सम्म रुघियो,हेरियोे । अहिले आएर यता न उता बनाईयो ।भण्डारीको परिवारलाई त्यहा बसुन्जेल १० कठ्ठा जग्गा कमाई खान दिइएको छ । अरु जग्गा सबै शिवराज पौडेलले नै खेती गर्ने गरेका छन् ।
‘काठमाडौंबाट पत्रकारहरु आएर हाम्रो अन्तरवार्ता लिनुभएको थियो, हामीले घरको बारेमा र मदन भण्डारीको जाने जतिको योगदानबारे बोलेका थियौं, घनश्यामकी श्रीमती यसोदाले भनिन्, मैले कम्युनिष्ट बिरोधी अभिव्यक्ति दिए भन्दै घरबाट निकल्न थ्रेट दिइएको छ । न मैले केहि नराम्रो बोल्नु । आफुले केहि नराम्रो नबोलेको र आफुले बोलेको भिडियो ल्याएर देखाउन अनुरोध गर्दा शिवराज पौडेलहरुले देखाउन सक्नुभएन तर अनावश्यक आरोप लगाएर हामीलाई नराम्रो बनाईको छ । घरबाट निक्लि भनिएको छ , नगरेको कुराको अपजश हामीमाथि आईलाग्यो ।
आफुहरुले सो भिडियो खोजी गर्दा कतै न भेटेको र कसैले देखाउन नसकेको यसोदा बताउछिन् । ‘कम्युनिष्टहरुले राम्रो काम गरेन भन्दै बोल्नु भयो रे ,जे पाई त्यो बोल्ने अधिकार छैन भन्दै हामीलाई सम्झाए , यसोदा भन्छिन्, ‘तर हामीले त्यस्तो बोलेका थिएनौ, अहिले निस्कि हाल भनिएको छ , जति बस्यौ बस्यौ जति खेति गर्नु गरेउ अब केहि पाँउदैनौ निस्कि भनिएको छ । ’
राष्ट्रपति विद्या भण्डारी सो घरमा आउँदा पनि भेट्न नदिएको समेत भण्डारी परिवारले दुखेसो पोखे । राष्ट्रपतिसँग भेट्नै हुँदैन बोल्नै हुँदैन भनियो, हाम्रो नजिकै हुनुहुन्थियो, हामी यो घरको रेखदेख गरेको र पनि हामीलाई चिनाईन् । हामी पनि बोल्थिम नि । हामीले आफ्नै घर जस्तो गरेर हेरचाह गर्यौ बिरुवाहरु हुर्कायौं, अहिले आएर यो हविगत भयो, यसोदा भन्छिन्, हामीलाई घर बनाईदिन्छौ भन्नु भा थियो , अहिले त त्यो कुरा कता हरायो कता । मलाई वाथको बिरामी छ, श्रीमानलाई फोक्साको , आफुहरुको लागि नभएपनि दुई छोराको लागि रोजगारी दिएपनि हुने संस्थाले , उनीहरुको कमाईमा हाम्रो पनि बुढेशकालमा जिविकोपार्जन हुने थियो ।
घनश्यामको परिवारलाई सो घरमा एक कोठा कोचिएर बसेका छन् । हामी यहाँ आउदा सबै खाली थियो, घर पनि लथालिङग बरिपरि बिरुवा लगायौं, सरसफाई गरेर चिटिक्क बनायौं हेरचाह गर्यौं, घनश्यामले भने, मदन भण्डारीको सेवा गर्न नपाएपनि उहाँको घरको हेरचाह गर्न पाउँदा पनि खुशी लागेको थियो, अहिले साह्रै अपमानित हुनु परेको महशुष भएको छ । मन अमिलो भएको छ ।रतुवामाईको भौडाहा चोकबाट झण्डै २ किलोमिटर पूर्व गएपछि पुगिने स्वर्गीय मदन भण्डारीको यो घरका आसपासमा आँपका ठूला बोटहरु छन् । वरिपरी रहेका नरिवल, सुपारीका बोटहरुसँगै फूलबारीले सौन्दर्य प्रदान गरेको छ ।
काठै काठले बनाएको घर २ तलाको छ । यो घरको तल्लो तलामा भण्डारी परिवार छन्, भने माथिको तला खाली छ । माथिल्लो तलामा त्यो बेला मदन भण्डारी बस्ने र राजनीतिक गतीविधि गर्ने भएकोले माथिल्लो तलालाई खाली नै राखिएको छ ।मदन भण्डारी २०२८ सालदेखि २०४७ सालसम्म यही ठाउँमा बसेर राजनीति गर्ने, भेला, देश दौडाहा र संगठनको विस्तार गर्ने गर्नुहुन्थ्यो । तर २०४७ सालपछि मदन यता फर्किएनन् ।
२०५० सालसम्म यही ठाउँमा मदन भण्डारीका बुबाआमासहित परिवारका अन्य सदस्य बसे पनि मदन भण्डारीको निधनसँगै परिवारले यो ठाउँ छाड्यो । त्यसपछि यहाँको चहलपहल नै हराउँदै गयो । मदन भण्डारीले २०२४ सालमा क्षत विक्षत अवस्थामा पुगेको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्दै मेची कालीसम्म र्पुयाउने काम यही सातमेडीबाट गरेको उहाँलाई नजिकैबाट नियालेकाहरु बताउँछन् । यहाँको साढे ४ बिगाहा जग्गालाई संरक्षण हुन नसकेको र आसेपासेको रजाई भएकोले स्थानीय रुष्ट भएका छन् । यहाँ जाने जो कोहीलाई यो घरको अवस्थाबारे जानकारी दिने अधिकार यो परिवारलाई छैन ।
यहाँ मदन भण्डारीको यो घरको बारेमा सोधीखोजी गर्न जाने जो कोहीले पनि घर भएको भन्दा करिब ५ सय मिटर पूर्वमा रहेका शिवराज पौडेललाई भेट्नु पर्छ । शिवराज पौडेल मदन भण्डारीसँगै हुर्किएका र उनीसँगै खेलेका, सँगै पढेका र ताप्लेजुङदेखि ईटहरासम्म सँगै आएर बसेका ब्यक्ति हुन् ।
















