साइनो समाचारदाता
मोरङ । मोरङको रतुवामाईस्थित सिक्किमे टोलका एकै घरमा पाँच सन्तान अपाङ्गता भएको परिवारलाई पत्रकार गोपाल काफ्लेले आर्थिक सहयोग गर्नुभएको छ ।
सो परिवारको घरमै पुगेर पत्रकार काफ्लेले नगद १० हजार रुपैंया सहयोग गर्नुभएको हो । उक्त रकम आमा सृजना घिमिरेलाई हस्तान्तरण गरिएको छ ।‘समाचार संकलनको क्रममा पहिले त्यहा पुग्दा आफुलाई पनि सहयोग गर्न मन लागेको थियो, सकिरहेको थिईन्, पत्रकार काफ्लेले भन्नुभयो, अझ घरको बुवाको पनि निधन भएको खबर सुन्दा ज्यादैं दुख लागेर सहयोग गर्न आएको हुँ । कोरोना सन्त्रास र लकडाउनमा आफुहरु पनि समस्यामा परिरहेको बेला आफुले सहयोग गरेर बोलेको बचन पुरा गरेको काफ्ले बताउनुहुन्छ ।
सहयोग गर्न पाउँदा ज्यादैं खुशी लागेको र मनमा आत्मिक शान्ति मिलेको काफ्लेको भनाई छ । सो हस्तान्तरण कार्यक्रममा काफ्लेसगै गएका पत्रकार प्रेम केडी भट्टराई परिवारको दुख देखेर ज्यादैं दुख लागेको र भगवानले कस्तो सजाय देको भनेर चिन्ता प्रकट गर्नुभयो ।
एकजनामात्र होईन, पाँच पाँच जना छोराछोरी अपाङ्गता भएका पत्रकार भट्टराईले भन्नुभयो, यस्ता दुखपिडा त कुनै परिवारमा पनि छैन होला ।
४२ वर्षकी निर्मला, ४० को निर्मल, २९ को उमेश, २८ की पार्वता र २६ की गोमा जन्मदै सुस्तमनस्थितकीका भएर जन्मिए ।
‘भोक लाग्यो, दिसापिसाब लाग्यो भन्न जान्दैनन,’ आमा सृजनाले भन्नुभयो, ‘आफ्नै घाउ कोट्याएर खान्छन् । बडोे पीर छ ।’ सन्तान सुस्तमनस्थितिका जन्मँदै जाँदा ढुंगाना दम्पतीले परिवार नियोजन गर्ने, रोक्ने उपाय खोजेनन् । यसको परिणाम अहिलेको जीवन कष्टकर छ । पाँचै सन्तानलाई हेर्न, उनीहरूको माग र आवश्यकता बुझेर सन्तुष्ट पारिदिन आमा सिर्जनालाई हम्मे परेको छ ।
‘सानो छँदा एकखालको हेरविचारले हुने,’ उहाँले भन्नुभयो ‘ठूला हुँदै गएपछि सजिलो होला भन्दा अझ बढी अप्ठ्यारो छ ।’ सन्तान बोल्न जान्ने, आफूलाई चाहिएका कुरा माग्न जान्ने भइदिँदा सबैलाई सजिलो हुन्छ । तर, सिर्जनाले सन्तानका दुई भाषा बुझ्नुहुन्छ ‘यो रिसाएको छ, ऊ खुसी भएको छ ।’ एकैपल्ट सबैलाई ध्यान र्पुयाउनु पर्दा खुसी कसरी होलान् भनेर एकनासको स्याहारका लागि समय पुग्दैन ।
















