साइनो समाचारदाता । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पूनर्नियुक्तिका लागि दवाव दिन कलाकार दिपकराज गिरिले आग्रह गरेका छन् ।
हिजोमात्र बिदाई भएका घिसिङको पूननियुक्तिको माग गर्दै यतिबेला सामाजिक सञ्जाल तातिरहेको छ । यहि क्रममा कलाकार गिरिले पनि उक्त आग्रह गरेका छन् । उनले आजबाट हरेक साँझ ८ बजे ५ मिनेट बक्ति निभाएर जनदबाव दिन सबैमा आग्रह गरेका छन् । उनले लेखेका छन् ‘आदरणिय साथिहरू, कुलमानजी को पून नियुक्तिको लागि जन दबाब स्वरूप आज बाट हरेक साँझ आठ बजे ५ मिनेट बत्ति निभाएर एकेबद्दता प्रकट गरौ’ ।
२०७३ भदौ २९ गते कार्यकारी निर्देशक नियुक्त भएका घिसिङले विद्युत चुहावट नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेका थिए । सरकारले उनलाई दोहोर्याउन नचाहेपनि जनस्तरबाट अहिले घिसिङको नियुक्तको लागि चर्को दबाब आइरहेको छ ।
















