साइनो समाचारदाता
इटहरी । सुनसरीको इटहरीमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी ५ पचरुखीमा डेरा गरेर बस्ने प्रतिक राई रहेका छन् । भोजपुर जिल्लाको षडानन्द नगरपालिका घर भएका राई इटहरी स्थित एक कलेजमा अध्यन्नरत छन् ।
१२ वर्षिया बालिकालाइ पैसा दिने प्रलोभन देखाएर गत मंगलबार बलात्कार गरेको बताइएको छ । घटनालाइ बाहिर ल्याए परिवार नै सिध्याइदिने धम्कि दिएपछि बालिकाले घटना लुकाएकि थिइन । बालिकालाइ केहि दिन यता निरास देखेपछि परिवारका सदस्यले ललाइ फकाइ गरेर सोध्दा घटना बाहिरिएको थियो । घटना बाहिरिएपछि पिडित परिवारले दिएको किटानीको आधारमा राईलाइ पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । घटनाबारे थप अनुशन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
















