साइनो समाचारदाता
काठमाडौँ । साताको पहिलो दिन आइतबार तोलामा ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य साताको कारोबारको अन्तिम दिन शुक्रबार समेत छापावाल सुनको मूल्य ९६ हजार ५०० रहेकोमा आइतबार मूल्य स्थिर रहेको छ ।
यस्तै तेजावी सुन पनि शुक्रबारकै मूल्य ९६ हजार रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदीको मूल्य पनि स्थिर रहँदै आइतबार तोलामा १३१० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
















