साइनो समाचारदाता
पथरी । कोविड १९ (कोरोना) का कारण देश लकडाउन भएको ६ महिना बितिसकेको छ । जस्ले गर्दा दैनिक ज्यालामजदुरी गर्ने विपन्न परिवारमा दैनिक हात मुख जोड्न समस्या परेको देखिन्छ ।
मोरङको पथरी शनिश्चरेका केहि युवाहरुले विपन्न परिवारका लागि राहत संकलन गर्दै वितरण गरेका छन । भाद्र १४ देखि सुरु गरेको फुड बैंकले भाद्र २६ गते रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।पथरी शनिश्चरे १० शिविर डाँडामा भएको रक्तदान कार्यक्रममा ८८ पिन्ट रगत संकलन भएको थियो । नेपाल रेड्क्रस सोसाइटी मंगलबारेको प्राविधिक सहयोगमा भएको कार्यक्रममा समाजसेवी, संचारकर्मी जनप्रतिनिधी लगायत स्थानीयहरुले रगत दान गरेका थिए ।
लामो समयदेखी जारी रहेको बन्दाबन्दीले विपन्न परिवारमा दैनिक हात मुख जोड्न समस्या परेको र अस्पतालहरुमा रगतको अभावलाई मध्यनजर गर्दै सो कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका संयोजक प्रदिपकुमार राइले बताउनुभयो ।
















