भोकमारीका कारण बाबुले गरे आत्माहत्या : सन्तानको बिचल्ली - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, मङि्सर ०७, २०८३

भोकमारीका कारण बाबुले गरे आत्माहत्या : सन्तानको बिचल्ली

साइनो समाचारदाता
सुन्दरहरैंचा । कोरोना कहरका कारण लामो समयदेखि भएको लकडाउन तथा बन्दका कारणले आर्थिक मन्दी भए पछि ठेला चलाउँने व्यवसायमा समेत समस्या भएको हुँदा भोकमारी सहन नसकेर मोरङ सुन्दरहरैंचाका एक व्यक्तिले आत्महत्या गरेका छन् ।

सुन्दरहरैंचा १० सुकुम्बासी बस्तीका ४७ वर्षीय अशोक दर्जीले भोकमारीको पीडा सहन नसकेर आफ्नै घरमा आत्महत्या गरेका हुन् । दर्जीले आत्महत्या गरेपछि अहिले उनको परिवारमा ससाना छोराछोरीको बिचल्नी भएको छ । वैदेशिक रोजगारीको लागि भारत गएकी अशोककी श्रीमति पनि उतै अलपत्रमा छिन् । विदेश पठाउने भन्दै दलालले श्रीमतीलाई दिल्ली पु¥याएका थिए । दिल्ली पुग्नेबित्तिकै लकडाउन सुरु भएकोले बेखर्ची भएर उनी दिल्लीमा अलपत्र परेकी छन् । धन कमाउने तथा राम्रो दिन फेरिने आशामा अशोककी श्रीमती विदेश जान तयार भएकी हुन तर दलालले दिल्ली पु¥याएर अलपत्र पारिदिए । अशोकको परिवारमा अहिले पीडा माथि पीडा थपिएको छ ।

अशोक लामो समय देखि ठेला चलाउँने व्याति हुन । लकडाउन सुरु हुनुभन्दा केही महिना अघिदेखि उनले निर्माण मजदूरको काम पाएको भए पनि लकडाउनले उनको काम रोकीएर परिवार पाल्न थप समस्या भएको थियो । लकडाउन अघि उनले दुःख गरेर दैनिकी चलाएर ६ जनाको परिवार जसोतसो पालेका थिए ।

लामो समय देखि वन्द र लकडाउन भएर आर्थिक मन्दी भएर आफुले कमाउँदै आएको आम्दानीको स्रोत एकाएक घटे पछि उनको घरमा खाने अन्न समेत भएन । केही दिनअघि उनले परिवार पाल्नकै लागि घरमा भएको सिलिण्डर ग्यास चल्यो लगायतका केहि समान समेत बेचेको भए पनि तेसले पनि पुगेन । सुन्दरहरैंचा नगरपालिका–१० का वडाध्यक्ष राजेन्द्रबहादुर थापाले आर्थिक अवस्था अति कमजोर भएका दर्जीले आत्महत्या गरेको बताए । मृत्युपछि आर्थिक अवस्था कमजोर भएको परिवारलाई संघसंंस्थाले सहयोग गरिरहेको समेत थापाले उल्लेख गरे ।

अति गरिव भएको कारणले भोकमारीको पीडा सहन नसकेर आत्महत्याको बाटो रोजेको तथा अशोकले आत्महत्या गरेपछि १७ र १५ वर्षकी छोरी र १३ वर्षका छोराको अहिले बिचल्ली भएको दलित उत्थान समन्वय समितिका नगर अध्यक्ष कुमार मिजारले बताए । अशोककी २१ वर्षीया छोरीको भने घर नजिकै रहेको चौधरी परिवारमा विवाह भइसकेको तथा एक छोरी अपांग रहेकी मिजारले उल्लेख गरे । अशोकको आत्महत्यापछि आफुहरुको टोली घटनास्थल पुगेर हेर्दा छातीमा राख्नका लागि घरमा एक मानो चामल समेत नभएकोले चन्दा उठाएर पोष्टमार्टम गरेर दाहसंस्कार गरेको मिजारले बताए ।

उनले मजदूरी गरेर गुजारा चलाउने दर्जीले आर्थिक अवस्था कमजोर भएका कारण आत्महत्या गरेको हुन सक्ने अनुमान स्थानीयहरुले गरेको तथा अशोकको परिवार विपन्न भएकोले छोरा–छोरीले मागेर खाना खाएको उल्लेख गर्दै भोकमारी सहन नसकेर दर्जिले आत्माहत्या गरेका कारण दिल्लीमा अलपत्र परेकी श्रीमतीलाई फर्काउन समस्या भएको मिजारले थप कुराकानीमा उल्लेख गरे ।

पूर्वेली न्यूज

सम्बन्धित खवर