साइनो समाचारदाता
तेह्रथुम । तेह्रथुममा आफ्नै भाइलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लालिगुँरास नगरपालिका ७ लसुने बस्ने राम बहादुर तामाङ रेहका छन् ।
उनले भाई २९ वर्षीय सल बहादुर तामाङमाथि खुकुरी प्रहार गरेका थिए । सो खबर प्राप्त भएपछि प्रहरीले उनलाई बिहीबार बेलुकी पक्राउ गरेको हो । रायसी विवाद हुँदा मादक पदार्थ सेवन गरेका राम बहादुरले आफ्ना भाइ सलबहादुरमाथि खुकुरी प्रहार गरेका हुन् । रामबहादुरलाई प्रहरीले खुकुरीसहित पक्राउ गरेको हो । उनको पनि घुँडामा चोट लागेको र दुबैको उपचारको लागि धरानको घोपा लगिएको नेपाल प्रहरीले जनाएको छ । यसविषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
















