साइनो समाचारदाता
बुटवल । गएराती पाल्पाको बगनासकालीमा घर भत्किएर पुरिदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बगनासकाली ७, खानीगाउँकी कान्तिसरा कनौजेका २२ वर्षीय छोरा सुमन कनौजे रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।
सुमनलाइ घर भत्किएर च्यापिएपछि स्थानीय बासिन्दाले निकालेपछि उपचारका लागि युनाइटेड मिसन अस्पतालमा उपचारका लागि ल्याएका थिए । तर सुमनको उपचारको क्रममा चिकित्सवले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । उक्त पहिरोमा दुई बटा भैसी समेत पुरिएको प्रहरीले जनाएको छ ।
















