साइनो समाचारदाता
काठमाडौं । ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई नेपाल प्रहरीको अपराध महाशाखाले पक्राउ गरेको छ । वीरगञ्जबाट ट्रकमा आएका उनीहरु भक्तपुरबाट पक्राउ परेका हुन् । ना ३ ख ९०८९ नम्बरको ट्रकसहित उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका व्यक्ति, लागुऔषधको नाम र परिमाण लगायतका विस्तृत विवरण प्रहरीले खुलाएको छैन । अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले भने, ‘अनुसन्धान जारी रहेकाले सबै कुरा अहिले नै सार्वजनिक गर्न मिल्दैन । अपरेसन पूरा भयो भने हामी पत्रकार सम्मेलन गरेरै जानकारी दिन्छौं ।’
अनलाइनखबर
















