साइनो समाचारदाता
सोलु । सोलुखुम्बु दुधकुण् ८ चागेस्थानमा रहेको चागेस्थान मन्दिरबाट मुर्ती चोरी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३५ बर्षीय रमेश मगर रहेका छन ।
हिजो दिउसो साढे १२ बजे मन्दिरबाट दुई वटा सिंहको मुर्ती हराएपछी मन्दिर समितिले प्रहरी समक्ष उजुरी गरेको थियो । प्रहरीले ओखलढुंगाको सिद्धिचरण ११ स्थितमा रहेको एक होटलबाट मुर्ती सहित मगरलाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सोलुले जनाएको छ ।
















