धनुषामा दिउँसो २ बजेसम्म पसल खुल्ने - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

धनुषामा दिउँसो २ बजेसम्म पसल खुल्ने

साइनो समाचारदाता
जनकपुरधाम । धनुषामा निषेधाज्ञा खुकुलो बनाई दिउँसो २ बजेसम्म पसल खोल्न दिइएको छ । आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले बिहानदेखि दिउँसो २ बजेसम्म पसल खोल्न गरी एक साताका लागि निषेधाज्ञाको म्याद थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए ।

जिल्लामा निषेधाज्ञा भने भदौ २८ गते राति १२ बजेसम्मका लागि थप गरिएको छ । यद्यपी यो अवधीमा दिउँसो २ बजेसम्म पसल खोल्न सकिने उनले बताए । व्यापार व्यवसाय गर्दा स्वास्थ्य सावधानीका उपाय भने अपनाउनुपर्छ । यसअघि भदौ १४ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले भदौ २१ गतेसम्म मध्यान्ह १२ बजेसम्म मात्र पसल खोल्ने गरी निषेधाज्ञा लगाएको थियो । कोरोना भाइरस संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले साउन १९ गतेदेखि निषेधाज्ञाको आदेश जारी गर्दै आएको छ ।

सम्बन्धित खवर