साइनो समाचारदाता
इटहरी । इटहरीमा आइतबार ७ जना कोरोना संक्रमित थपिएका छन् । भाद्र १७ गते संकलन गरिएको नमुना मध्ये थप ७ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
संक्रमण पुष्टी हुनेमा इटहरी ३ की ३६ वर्षिय महिला, इटहरी ४ का ५० वर्षिय पुरुष , इटहरी ५ का ८ र ३७ वर्षिय महिला, इटहरी ८ का ७ वर्षिय पुरुष र १७ र २० वर्षिय महिला रहेका छन । इटहरीमा हाल सम्म संक्रमण पुष्टी हुनेको संख्या २३८ पुगेको छ ।
















