साइनो समाचारदाता
काठमाडौं । उद्योगपति तथा सांसद विनोद चौधरी कोरोना संक्रमणबाट मुक्त भएका छन् । यही भदौ १२ गते उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो । त्यसपछि १० दिनसम्म उनी होम आइसोलेशनमा बसेको थिए ।
उनले आफू १० दिन लामो एकान्तवासपछि कोरोना संक्रमणबाट मुक्त भएको जानकारी दिएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, तपाईंहरुको माया र ऊर्जाले ठूलो हौसला दियो। त्यही ऊर्जाकै कारण कोरोना संक्रमणबाट मुक्त भएको छु मैले जीवनमा तपाईंहरु जस्ता आफन्त, इष्ट मित्र, साथी भाइ र शुभेच्छुक कमाएको रहेछु । यस अर्थमा म आफूलाई अत्यन्तै भाग्यमानी महसुस गर्छु ।’
















