साइनो समाचारदाता
पथरी । लकडाउनका कारण बन्द रहेको पथरी बजार भोलि आइतबारबाट खुल्ने भएको छ । नगरपालिकाले चैत्र 11 गतेदेखि बन्द गरेको बजार भोलिबाट खुलाउने निर्णय गरेको हो ।
हालसम्म अत्यावश्यक बाहेकका सबै पसलहरू निश्चित समयमा मात्र खोल्ने गरिएको थियो । तर भोलि आइतबारबाट भने सबै प्रकारका पसलहरू बिहान ७ देखि बेलुकी ७ बजे सम्म खुल्ने भएकाे छ । पथरीशनपश्चरे नगरपालीकामा आज बसेकाे वैठकले बजार खुलाउने निर्णय भएको पथरीशनिश्चरे नगरपालीकाकी उपप्रमुख यमुना बिष्टले आफ्नाे फेसबुक मार्फत जानकारि दिनु भएकाे छ ।
















