साइनो समाचारदाता । धुलिखेल अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी बर्दिबासका ७६ वर्षीय वृद्ध रहेको काभ्रे स्वास्थ प्रमुख नरेन्द्र कुमार झाले जानकारी दिए ।
उनकाअनुसार ती वृद्धको शनिबार बिहान ६ बजे मृत्यु भएको हो । उच्च रक्तचाप र श्वासप्रश्वासमा समस्या भएपछि १५ दिनअघि अस्पताल भर्ना भएका थिए । भर्ना भएकै दिन उनको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो। उनको शव व्यवस्थापन नेपाली सेनाले गर्ने तयारी गर्दै छ ।
















