साइनो समाचारदाता
इटहरी । इटहरीमा आज (शनिबार) एकजना पत्रकारसहित थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुनेहरुमा इटहरी ६ का ४० वर्षीय पुरुष, इटहरी ९ का २९ वर्षीया महिला, इटहरी १३ का ४१ वर्षीय पुरुष, शसस्त्र प्रहरी वल पकली का २९, ३० र ३९ वर्षीय पुरुष, एक जना २४ वर्षीय सञ्चारकर्मी र कोशी अस्पतालमा जाँच गरेका इटहरी १७ का ४५ वर्षीया महिला रहेको इटहरी अस्पतालले जनाएको छ । योसँगै इटहरीमा कोरोना संक्रमितको संख्या २३१ जना पुगेको छ ।
















