पेस्तोलसहित ३ जना पक्राउ - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

पेस्तोलसहित ३ जना पक्राउ

साइनो समाचारदाता
जनकपुरधाम । नलकटुवा पेस्तोलसहित तीन जनालाई सिरहा प्रहरीले मिर्चैया नगरपालिकाबाट पक्राउ गरेको छ । नगरपालिकाको वडा नम्बर ५ बाह्रबिघामा चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार दुई युवकलाई हतियारसहित शुक्रबार राति पक्राउ गरिएको हो ।

को ३५ प ४०१३ नम्बरको मोटरसाइकलमा सवार मिर्चैया नगरपालिका ६ बस्ने १९ वर्षीय अजय शर्मा र मिर्चैया ५ बस्ने १९ वर्षकै ज्ञानु कुमार मण्डलको साथबाट एक थान नलकटुवा पेस्तोल बरामद भएको सिरहा प्रहरीका प्रवक्ता बिनोद घिमिरेले जानकारी दिए । पक्राउ परेकासँग सोधपुछ गर्दा मिर्चैया ५ का किराना व्यवसायी ३९ वर्षीय रमेश साहलाई पनि पक्राउ गरिएको उनले बताए । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय मिर्चैयाको नियन्त्रणमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर