साइनो समाचारदाता काठमाडौं/ भदौ १८ मा काठमाडौंमा निस्कीएको रातो मछिन्द्रनाथको रथ यात्रामा प्रहरी र स्थानीय युवाहरुबीच झडप भएको छ । धार्मीक परमपरा र काठमाडौको न्यावर समुदायको परमपरामा प्रहरीले हस्तछेप गरेको कारण झडप भएको ललितपुरका युवाहरुले बताएका छन । युवाहरुले स्वस्फुर्त रुपमा रथ तान्दै ललितपुरको पुल्चोकमा पुगे पछि तनाव भएको हो । प्रहरी र स्थानीय युवाहरुबीच झडप हुदा दुबै तर्फ एक दर्जन भन्दा बढि धाईते भएका छन ।

प्रहरीले रथ तान्न रोकेपछि युवाहरुले विरोध गरेका थिए युवाहरुको विरोध पछि झडप भएको हो । त्यही बेला प्रहरीले पानीको फोहोरा हान्न ट्यांक ल्याएपछि युवाहरुले ढुंगामुढा गरे ।
त्यसलाई रोक्न प्रहरीले केही सेल अश्रुग्यास हानेको छ । यात्रुहरुले रथ सडकको बीचमा पुर्याएका छन् । रथ प्रहरीले नियन्त्रणमा लिएको छ भने रथ यात्रीहरु तितर वितर भएका छन ।
रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा बढेको तनाव साम्य भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताएका छन्। ललितपुरमा बिहीबार निषेधाज्ञाकै बीच रथ तान्न शुरु गरिएको थियो।
तर, प्रहरीले हस्तक्षेप गर्दै रथ तान्न नदिएपछि झडप भएको थियो। झडपका क्रममा प्रहरीमाथि युवाहरुले ढुंगामुढा गरेका थिए। अहिले अवस्था नियन्त्रणमा आएको प्रजिअ भट्टले बताए।

















