वीरगञ्जमा गरिएको परीक्षणमा ११० जनामा कोरोना पोजेटिभ - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

वीरगञ्जमा गरिएको परीक्षणमा ११० जनामा कोरोना पोजेटिभ

साइनो समाचारदाता
वीरगञ्ज । वीरगञ्जमा गरिएको कोरोना परीक्षणमा ११० जनाको रिपोर्ट पोजेटिभ आएको छ । पर्साका ६९ जना, बाराका २४ जना र रौतहटका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नारायणी अस्पताल स्थित पीसीआर ल्याबमा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

५ सय ७६ जनाको स्वाब नमुना परीक्षण गर्दा ११० जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता बरिष्ठ चर्मरोग विशेषज्ञ डाक्टर अतुलेश चौरसियाले जनाए । डेढ वर्षीय बालकदेखि ८० वर्षीय वृद्धसम्मका संक्रमितमध्ये ३० जना महिला छन् ।प्रवक्ता डा. चौरसियाका अनुसार पर्सामा वीरगञ्ज महानगरपालिकाका विभिन्न वडामा ४९ जना, बहुदरमाई नगरपालिकाको ४ र ५ मा ५ जना, कालिकामाई गाउँपलिका २ मा ४ जना, पर्सागढी नगरपालिका ४ र ८ मा ७ जना, पोखरिया नगरपालिका ४ र १० मा ४ जना, पर्सागढी नगरपालिकाको वडा नं. ४, ८ का ७ जना र कालिकामाई गाउँपालिकाको वडा नं. २ का ४ जनामा संक्रमण देखिएको छ ।

वीरगञ्जका संक्रमितमध्ये वडा नं ४, १२ र १८ मा १र१ जना, वडा नं २, १५, १६ र १७ मा २र२ जना, वडा नं १० र ३१ मा ३र३ जना, वडा नं ११, १३ र २१ मा ४र४ जना, वडा नं ८ मा ७ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १३ जनाको वडा खुलेको छैन । बाराको कलैया उपमहानगरपालिकामा २४ जना र रौतहटको यमुनमाई गाउँपालिकामा १७ जना संक्रमित भेटिएका हुन् ।

सम्बन्धित खवर