साइनो समाचारदाता
जनकपुर । महोत्तरीमा आत्महत्या गरेकी एक जना महिलामा कोरोना पुष्टि भएको छ । बर्दिवास नगरपालिका वडा नम्बर स्थित–३ गौरीडाँडा बस्ने वृद्ध महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बुधबार बिहान ति महिलाले झुन्डिएर आत्महत्या गरेकी थिइन् । उनले किन आत्महत्या गरिन् भन्ने अहिलेसम्म कुनै कुरा नखुलेको प्रहरीले जनाएको छ । भदौ १५ गते स्वाब संकलन गरी परीक्षणको लागि पठाइएको थियो । बुधबार साँझ उनको रिपोर्ट आएको बर्दीवास नगरपालिकाका नगरप्रमुख बिदुर कार्कीले जानकारी दिए । मृतकको घरका अन्य ३ जनामा भदौ ११ गते कोरोना संक्रमण पृष्टि भएको थियो ।
















