साइनो समाचारदाता
विराटनगर । मोरङको रंगेलीमा बिहीबार बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । खेतमा पानी पटाउने मोटर जोड्ने क्रममा करेन्ट लाग्दा रंगेली नगरपालिका–५ का ५५ वर्षीय रामप्रसाद मण्डलको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालका अनुसार मोटरमा विद्युत् जोड्ने क्रममा करेन्ट लागेर मण्डलको घटनास्थलमै मृत्यु भएको हो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















