साइनो समाचारदाता । कोरोना भाइरसको संक्रमणबाट ९७ वर्षीय वृद्धको मृत्यु भऐको छ । बारा घर भएका उनको वीरगन्जस्थित नारायणी कोभिड अस्पताल गण्डकमा मृत्यु भएको हो । मंगलबार राति १ बजे उनको मृत्यु भएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए ।
उनलाई तराई अस्पतालबाट गत आइतबार गण्डक रिफर गरिएको थियो । उनमा उक्त रक्ताचाप सहित मुटुको समस्या रहेको डा. चौरसियाले जनाए । मृतकको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ । योसँगै कोरोना संक्रमितको मृत्यु हुनेको संख्या २ सय ४१ पुगेको छ ।
















